site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपालमा पनि भेटियो कोरोनाको नयाँ सब भेरियन्ट, सचेत रहन आग्रह

काठमाडौं । नेपालमा पहिलोपटक कोरोनाको नयाँ सब भेरियन्ट जेएन.१ भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक विज्ञप्तिमार्फत नेपालमा पहिलोपटक सातजनामा जेएन.१ को संक्रमण भेटिएको जनाएको हो ।

देशका विभिन्न भागका फरकफरक उमेर समूहका व्यक्तिहरूबाट संकलित १६ वटा नमुनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको जिन सिक्विन्सिङका क्रममा सात जनामा नयाँ सब भेरियन्ट पाइएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जनाएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

संक्रमणको फैलावट रोकथामका लागि जनस्वास्थ्यको मापदण्ड अपनाउन मन्त्रालयले आग्रह गरेको छ । 

यसअघि जेएन.१ विश्वका विभिन्न देशमा देखिइसकेको छ ।

Co-1704719862.jpg
 

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १९:०३
प्रतिक्रिया दिनुहोस्