site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेले टीआरसी विधेयक टुंग्याउन दिएन भन्ने गलत प्रचार नगर्नुस् : सचेतक बर्तौला

काठमाडौं । नेकपा (एमाले)का सचेतक महेशकुमार बर्तौलाले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकहरू एमालेले टुंग्याउन दिएन भनेर गलत प्रचार नगर्न आग्रह गरेका छन् । 

बिहीबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । एमालेले पीडित र बाहिर जनताका आवाज बोलेकाले ती आवाजलाई पनि सुनेर अघि बढ्न सुझाव दिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले एमालेले असहमति जनाएका कुरालाई लिएर सरकारले एमालेले काम गर्न दिएन भन्ने गलत प्रचार गरेको आरोप लगाउँदै सरकारले विधेयकहरू प्रक्रियागत रूपबाट अघि बढाउन सक्ने बताए । 

विधेयक निर्माण गर्दा टाउकोको मूल्य तोक्ने र तोकिनेहरू मिलेर विधेयक आफू अनुकूलतको बनाए भन्ने सन्देश बाहिर जान नदिनका लागि एमाले सचेत रहेको बताए । उनले टीआरसीसँग सम्बन्धित विधेयक सहमतिबाटै टुंग्याउन आवश्यक रहेको बताए । 

बर्तौलाले भने, "सरकारबाट मिलेर बनाए भन्ने भ्रम जनता नपरोस् । त्यसमा हामी सचेत छौँ । गहन छलफल गरेर नै टुंग्याऔँ । व्यवस्थित कानुन बनाउने कोणबाट नै हामीले सोचेरै जाऔँ । सबैको साझा विषय हो भन्ने ठाउँबाट बुझ्नुहोला । सरकारको तहबाट समाजमा उठेका मुद्दा प्रतिपक्षका बेन्चबाट आउँछन् भन्ने ठानिदिनुपर्छ । विधेयक निर्माणको प्रक्रियामा आफू अघि बढ्न सक्नुहुन्छ, एमालेले रोकिरहेको छ भन्ने प्रचार गर्दै हुनुहुन्छ, यो गलत छ ।"

सचेतक बर्तौलाले विधेयक अब छिटो टुंग्याउन आवश्यक रहेको बताए ।

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १३:१७
प्रतिक्रिया दिनुहोस्