site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बोर्डको अध्यक्ष नियुक्ति पुरानै शैलीमा हुनुपर्छ : शर्मा 

काठमाडौं । विद्यालय शिक्षा विधेयकमा राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया सही नभएको भन्दै राष्ट्रिय परीक्षा बोर्डले आपत्ति जनाएको छ । 

संघीय संसद्मा रहेको विधेयकमा बोर्ड अध्यक्ष नियुक्ति गर्न राष्ट्रिय योजना आयोगको शिक्षा हेर्ने सदस्यको संयोजकत्वमा समिति बन्ने उल्लेख छ । यसले बोर्डमा राजनीतिकरण बढाउने भयमा बोर्ड पुगेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले विधेयकको प्रावधन हेर्दा वोर्डको स्वायत्ता हराएर राजनीतिकरण हुने देखिएको बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बिहीबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा बोल्दै उनले बोर्डको अध्यक्ष नियुक्ति पुरानै शैलीमा हुनुपर्ने बताए । 

समितिमा रहेको विधेयकमा ‘बोर्डको अध्यक्षको नियुक्तिको लागि राष्ट्रिय योजना आयोगको शिक्षा क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा मन्त्रालयको सचिव र ख्यातिप्राप्त शिक्षाविद्हरू मध्येबाट मन्त्रालयले मनोनीत गरेको एक महिलासहितको तीन सदस्यीय सिफारिस समिति गठन हुनेछ र सो समितिले सिफारिस गरेको व्यक्तिलाई नेपाल सरकारले बोर्डको अध्यक्षमा नियुक्ति गर्नेछ’ भनि लेखिएको छ । 

यो गलत प्रक्रिया भएको उनले बैठकमा जानकारी गराए । “यो विधेयकले समिति र समितिले गर्ने कामलाई राजनीतिकरण खोजेको हो । राष्ट्रिय योजना आयोगको सदस्य भनेको पोलोटिकल व्यक्ति हुन्छ । त्यसैले राजनीतिक व्यक्तिको नेतृत्व भन्दा लोकसेवा आयोगको अध्यक्षकै नेतृत्वमा बोर्ड अध्यक्ष चयन हुनुपर्छ,” उनले भने । 

हाल बोर्डको अध्यक्ष सिफारिस लोकसेवा आयोगको अध्यक्षको संयोजकत्वमा रहने समितिले गर्ने प्रावधान रहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १८:४९
प्रतिक्रिया दिनुहोस्