site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकीकृत समाजवादीले सरकारसित माग्यो सम्झौताको ‘डकुमेन्ट’
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)ले सरकारसँग विभिन्न देशसित गरिएका सम्झौताको ‘डकुमेन्ट’ माग गरेको छ ।

सोमबार बसेको पार्टी सचिवालय बैठकबाट भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौं आएका बेला गरिएको सम्झौतासहितका विवरण माग र अध्ययन गर्ने निर्णय गरिएको उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

“विभिन्न देशसँग के–कस्ता सहमति गरेको छ, त्यो सार्वजनिक गर्न पार्टीको सातौँ केन्द्रीय कमिटी बैठकले प्रस्ताव पारित गरेको थियो,” उनले भने, “त्यसको आलोकमा रहेर विभिन्न देशसँग प्राकृतिक स्रोतसाधन, ऊर्जालगायत विषयमा गरिएका सम्झौताको डकुमेन्ट माग्ने र अध्ययन गर्ने र निष्कर्ष निकाल्ने निर्णय गरेका छौँ ।”

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  १८:०९
प्रतिक्रिया दिनुहोस्