site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ग्लोबल आईएमई बैंकका ग्राहकलाई बिगमार्टमा १० प्रतिशत छुट

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडका क्रेडिट कार्डबाहक ग्राहहरूले बिगमार्टमा सामान खरिद गर्दा छुट पाउने भएका छन् । बैंकको क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा खरिद मूल्यमा १० प्रतिशत छुट पाउने व्यवस्था गरिएको हो ।

बैंकको क्रेडिट कार्ड बाहकहरूलाई लावान्भित गर्ने गरी बैंकले बिगमार्टसँगको सहकार्यमा ल्याएको यस योजनामा ग्राहकहरूले बिगमार्ट स्टोरमा ग्लोबल आईएमई बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम ३०० रुपैयाँसम्म छुट पाउनेछन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

छुट योजना यही माघ महिनाभरि मात्र लागु हुने जानकारी दिइएको छ ।

जाडो मौसमलाई लक्षित गरी ल्याइएको यस बिगमार्ट विन्टर अफरमा ग्लोबल आईएमई बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा छुटसँगै बिगमार्टद्वारा घोषणा गरिएका आकर्षक पुरस्कारहरू प्रदान गरिने छ । यो अफर हाल बिगमार्टको ८१ वटाभन्दा बढी स्टोरहरूमा उपलब्ध हुने पनि जानकारी दिइएको छ ।

ग्लोबल आईएमई बैंकले देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क/वैदेशिक प्रतिनिधि कार्यालयसहित ११ सयभन्दा बढी सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  २०:३२
प्रतिक्रिया दिनुहोस्