site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मन्त्रीको निर्देशनपछि सच्याइयो ‘राजा’ लेखिएको ब्यानर

काठमाडौं । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० स्थित भुटनदेवी मन्दिरमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न बनाइएको गेटको ब्यानरमा ‘राजा’ मात्र लेखिएपछि विवाद भएको छ । विवादपछि ‘राजा’ सच्याइएको छ ।

वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले प्रहरीलाई उक्त ब्यानर हटाउन निर्देशन दिएका थिए । अहिले उक्त ब्यानरमा ‘राजा’को अगाडि ‘पूर्व’ थपेर ‘पूर्वराजा’ नै लेखिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“नेपाल गणतान्त्रिक मुलुक हो, यहाँ कुनै राजा छैन । कसैलाई राजा भनेर लेख्नु संविधानविपरीत हो । त्यसैले राजा लेखेको ब्यानर हटाउन प्रहरीलाई निर्देशन दिएको हुँ,” मन्त्री श्रेष्ठले भने, “राजा लेखेको ब्यानर सच्याएर पूर्वराजा लेखिएछ राम्रो भयो ।”

पूर्वराजाको स्वागतका निम्ति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपकबहादुर सिंहको संयोजकत्वमा एक हजार ११ सदस्यीय समिति गठन गरिएको थियो ।

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १३:१९
प्रतिक्रिया दिनुहोस्