site stats
बाह्रखरी :: Baahrakhari
देश
आपसी झै–झगडामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । सल्यानमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । 

२८ वर्षीया सीमा कुँवर भन्ने पार्वती कुँवरको हत्या गरेको आरोपमा छत्रेश्वरी गाउँपालिका–५, लेखपोखरा बस्ने २३ वर्षीय मोहन पुनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पार्वती आफ्नै घरमा सोमबार दिउँसो मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

अनुसन्धानका क्रममा मोहनले आपसी झै–झगडामा सीमाको हत्या गरेको खुल्न आएको छ । उनलाई छत्रेश्वरी गाउँपालिका–५, ढाकुडाँडास्थित जंगलमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाइएको छ ।  

उनीमाथि ज्यानसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत सल्यानबाट आठ दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ । 
 

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १२:११
प्रतिक्रिया दिनुहोस्