site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकीकृत समाजवादीको राष्ट्रिय परिषद् बैठक आजदेखि, नेतृत्वमा उमेरको हदबन्दी हटाइने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को दोस्रो राष्ट्रिय परिषद् बैठक आजदेखि हुँदै छ । बैठक बिहान ११ः३० बजेदेखि सुरु हुँदै छ । प्रज्ञा भवन कमलादी काठमाडौंमा हुने बैठकको पार्टीका अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्नेछन् ।

बैठकले पार्टीको नेतृत्वमा ७० वर्ष उमेरको हदबन्दी हटाउन, युवा सहभागिता वृद्धि गर्न, केन्द्रीय कमिटीको आकार सानो बनाउने विषयलाई प्राथमिकता दिने भएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पार्टी मातहतका कमिटी तथा जिल्ला तहका कार्यकर्ताबाट विधान संशोधन मस्यौदामा ती विषयलाई परिमार्जन गर्न माग गरिएकाले प्राथमिकता राखिएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । पार्टीको विधान हेरफेर गर्न परिषद् बैठकमा छलफल गर्ने उद्देश्यले पार्टी निकट सबै कमिटीबाट सुझाव संकलन गरेको हो ।

विभिन्न कमिटीबाट पार्टीको आदर्श, वैचारिक दृष्टिकोण, कार्यदिशा, कार्ययोजना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलाई दृष्टिगत गरी विधान संशोधन गर्न आग्रह गरिएको छ ।

दुई दिनसम्म चल्ने बैठकमा देशभरबाट करिब एक हजार प्रतिनिधि सहभागी हुने बताइएको छ ।

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  ०६:४८
प्रतिक्रिया दिनुहोस्