site stats
बाह्रखरी :: Baahrakhari
देश
परराष्ट्रमन्त्रीसँग बेलायतका सेना प्रमुखको शिष्टाचार भेट

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदसँग नेपाल भ्रमणमा रहेका बेलायती सेना प्रमुख नजरल सरपेट्रिक सन्डर्सले आज शिष्टाचार भेट गरेका छन् । भेटमा दुई शताब्दीभन्दा लामो नेपाल–बेलायत सम्बन्धबारे चर्चा भएको थियो । 

गोर्खाहरूले बेलायती सेनामा पुर्‍याएको उच्च योगदानको चर्चा गर्दै मन्त्री साउदले १९९७ भन्दा अगाडि रिटायर भएका भूतपूर्व गोर्खाहरूले उठाएका समान पेन्सनलगायत विषयलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भूतपूर्व गोर्खाका मागलाई सम्बोधन गर्दैमा बेलायतलाई खासै आर्थिक भार नपर्ने तर यसबाट गौर्खाहरूलाई न्याय मिल्ने हुनाले यसको शीघ्र सम्बोधन गरिदिन सेना प्रमुखसँग अनुरोध गरे ।

सेनाप्रमुखले बेलायतले पनि गोर्खाका विषयमा समाधान चाहेको बताए । साथै गोर्खाका मागलाई बेलायतले गम्भीरताका साथ लिएको बताए ।

नेपालको मुख्य विकास साझेदारको रूपमा बेलायतले पुर्‍याएको सहयोगका लागि मन्त्री साउदले धन्यवाद दिए । बेलायतमा हाल आर्थिक कठिनाइ भए पनि नेपाललाई सहयोग निरन्तर रहने बेलायती पक्षले बताए ।

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १४:५३
प्रतिक्रिया दिनुहोस्