site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसीमा नेताहरूको सुविधा थप्ने गरी ल्याएको अध्यादेशको शेखरले गरे विरोध

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कोसी प्रदेश सरकारले नेताहरूको सेवा सुविधा थप्ने गरी ल्याएको अध्यादेशको विरोध गरेका छन् ।

मंगलबार विराटनगर महानगरपालिका वडा नम्बर ७ मा समुदायमा कांग्रेस अभियानको सुरुवात गर्दै कोइरालाले मुलुकको आर्थिक अवस्था जर्जर भइरहेका बेला नेताहरूलाई सेवा सुविधा थप्ने भन्दा पनि घटाउनुपर्ने बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेता कोइरालाले मुलुकको अर्थतन्त्र चरम संकटमा परेका कारण कतिपय उद्योगधन्दा कलकारखाना तथा संस्थाहरू बन्द हुने अवस्थामा पुगेको बेला सांसदहरूलाई सेवा सुविधा थप गर्ने कुराले पीडाबोध गराएको बताए ।

उनले मुलुकको आर्थिक अवस्थाबारे सबै राजनीतिक दलहरू संवेदनशील बन्नुपर्ने बताउँदै मुलुकमा आर्थिक संकटका साथै आर्थिक अपराध पनि बढ्दै गएको धारणा राखे ।

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १७:२५
प्रतिक्रिया दिनुहोस्