site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले धादिङ अधिवेशन विवाद : नेताहरूलाई ओलीले डाके बालकोट 

काठमाडौं । नेकपा (एमाले) धादिङ जिल्ला अधिवेशनको विवादबारे छलफलका निम्ति अध्यक्ष केपी शर्मा ओलीले नेताहरूलाई बालकोटस्थित आफ्नो निवासमा बोलाएका छन् । जिल्ला अधिवेशन सोमबार (भोलि) बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ ।

अध्यक्ष ओलीसँग छलफलका निम्ति नेताहरू काठमाडौंतर्फ लागेको एमाले धादिङका उपसचिव राधिका सापकोटाले जानकारी दिइन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ओलीले प्रदेश इन्चार्ज गुरु बराल, वाग्मती प्रदेश अध्यक्ष कैलाश ढुंगेल, धादिङ अधिवेशनका अध्यक्षमण्डलका अध्यक्ष धर्मदत्त देवकोटा, जिल्ला अध्यक्ष भूमि त्रिपाठीलगायत नेतालाई छलफलका निम्ति बोलाएका हुन् ।

यही माघ १९ गते महासचिव शंकर पोखरेलले उद्घाटन गरेको अधिवेशनमा प्रतिनिधि छनोट र अध्यक्षमण्डलका विषयमा विवाद भएको थियो । महाधिवेशनमा कुटपिटको अवस्था सिर्जना भएपछि प्रदेश अध्यक्ष ढुंगेलले अधिवेशन स्थगित गरेका थिए । जिल्ला अध्यक्ष त्रिपाठीले भने बन्दसत्र अघि बढाउने तयारी गरेका थिए । तर, अन्योलपछि बैठक स्थगित गरिएको नेताहरूले बताएका छन् ।

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १६:१६
प्रतिक्रिया दिनुहोस्