site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पूर्वमन्त्री बुढाथोकीको निधनप्रति सभामुखले गरे दुःख व्यक्त

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पूर्वमन्त्री एवं संविधानसभा सदस्य केशवकुमार बुढाथोकीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

दुःखद घडीमा उनले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

८० वर्षको उमेरमा बुढाथोकीको गए राति उपचारका क्रममा विराटनगरस्थित विराट नर्सिङ होममा निधन भएको थियो ।

“पूर्वमन्त्री, संविधानसभा सदस्य/पूर्वसांसद, नेपालको लोकतान्त्रिक आन्दोलनका अग्लो राजनीतिज्ञ, नेपाली कांग्रेसका नेता, मेरो मित्र केशवकुमार बुढाथोकीको गए राति विराटनगरमा भएको निधनले मर्माहत बनाएको छ,” सभामुखद्वारा जारी शोक वक्तव्यमा उल्लेख छ, “दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु ।”

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  ०९:२१
प्रतिक्रिया दिनुहोस्