site stats
बाह्रखरी :: Baahrakhari
देश
गर्मी सुरु हुने बेलामा किन लगातार घटिरहेको छ काठमाडौंको तापक्रम ? 
फाइल तस्बिर ।

काठमाडौं । सोमबार काठमाडौंको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस थियो । जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार मंगलबार न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस मापन गरिएको थियो । बुधबार (आज) बिहान ५ः४५ बजे काठमाडौंको तापक्रम ३.३ डिग्री सेल्सियस मापन गरिएको छ । बुधबार बिहान ८ः४५ बजे काठमाडौंको तापक्रम थप घटेर ३ डिग्री सेल्सियसमा पुग्यो । 

काठमाडौंका माथिल्ला क्षेत्रमा आज तुसारो समेत परेको थियो । “काठमाडौंमा डेढदेखि दुई सयमिटर माथिका क्षेत्रमा आज तुसारो पनि परेको थियो,” मौसमविद् मीनकुमार आर्याल बाह्रखरीसँग भन्छन्, “बादल नलागेर मौसम क्लियर भएकाले तुसारो परेको हो । केहीदिन यता काठमाडौंको तापक्रम घट्नुको कारण पनि बदली नभएर मौसम सफा हुनु नै हो ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तीन दिनयता काठमाडौंको तापक्रम लगातार घटे पनि यस वर्ष अब यो भन्दा धेरै तल जाने सम्भावना नरहेको मौसमविद् अर्याल बताउँछन् । 

“बादल नलागेर मौसम क्लियर भएकाले तीन दिनदेखि तापक्रम घटेको हो । तर अब यो वर्षकै सबैभन्दा कम चिसो हुने अवस्था छैन,” अर्यालले बाह्रखरीसँग भने ।  

यो वर्ष काठमाडौंमा हालसम्म सबैभन्दा कम तापक्रम माघ १४ गते मापा गरिएको थियो । त्यस दिन काठमाडौंको न्यूनतम तापक्रम २.१ डिग्री सेल्सियस थियो । 
 

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १०:२३
प्रतिक्रिया दिनुहोस्