site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सहकारीको रकम हिनामिना गर्नेलाई कारबाही हुन्छ : शर्मा
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद जर्नादन शर्माले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यसञ्चालन व्यवस्था र वर्तमान संविधानको रक्षा गर्नुपर्ने चुनौती रहेको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले व्यवस्था वमोजिम कानुन निर्माण गर्नुपर्ने धारणा राखे । यसमा अलमल गर्ने छुट आफूहरूलाई नभएको उनले बताए ।
 
“यो संविधानअनुसार जनतामा विश्वासयोग्य वातावरण बनाउन र आशा जगाउन हामी सबैले मिहिनेत गर्न आवश्यक छ,” उनले भने, “जनताप्रति इमान्दार भएर उच्च इच्छाशक्तिसहित काम गरे यो संविधान कार्यान्वयन गर्न सकिन्छ । जनताको मुद्दा, दैनिक समस्या विकास निर्माणको समस्या र कानुन निर्माणको आवश्यक्तामा छलफल र बसह गर्नु संसद्को काम हो ।”

अघिल्लो सदनले एकमात्र कानुन बनाउन सकेको भन्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै फरक ढंगबाट अघि बढ्ने भनेपछि त्यसलाई विश्वास गरेर सहयोग गर्नु सबैको दायित्व हुने बताए । सांसद शर्माले सहकारीको रकम हिनामिना गर्नेलाई कारबाहीको प्रकृया चलिरहेको भन्दै यस्ता विषयलाई प्राथामिकता दिएर अघि बढाउने सरकारको उद्देश्य भएको जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १३:१५
प्रतिक्रिया दिनुहोस्