site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
अनुरति

१.
ठाउँठाउँ प्यार गरौँ
गाउँगाउँ गुल्जार गरौँ
आऊ निस्फिक्री
आज सीमापार गरौँ

२.
हल्काहल्का मात मादक
प्रेयसीका बात मादक
हामी भएपछि
हरेक रात मादक

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

३.
मन्द बतास छ
खुला आकाश छ
हातमाथि हात
प्रेमको सुवास छ

४.
अचानक स्पर्श भयो
थोरै संकोच, धेरै हर्ष भयो
जे जे भयो
सबै सहर्ष भयो
 

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  ०७:३६
प्रतिक्रिया दिनुहोस्