site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नीतिगत निर्णयको नाममा भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्नुपर्छ : सांसद सुवाल
फाइल तस्बिर ।

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नीतिगत निर्णयको नाममा भ्रष्टाचारमा संलग्न राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूलाई सफाइ दिनु नहुने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले यस्तो बताएका हुन् ।

त्यस्तो कार्यमा संलग्नलाई कारबाही गर्नुपर्नेमा उनले जोड दिए । उनले भारतले नेपाललाई सूक्ष्म व्यवस्थापनका निम्ति सहयोगको नाममा ‘हात हालिरहेको’ भन्दै यसतर्फ ध्यानाकर्षण गराए । उनले न्यायाधीश भागबन्डाको अन्त्य हुनुपर्ने बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“भारतसँग नेपालको गोर्खा भर्ती, सुरक्षा मामिला, कालापानीमा भारतीय सेना, सुस्तामा नेपाली भूमि अतिक्रमण, गण्डक, महाकाली, माथिल्लो कर्णालीलगायत सन्धि–सम्झौताबारे विवाद यथावत् छ,” उनले भने, “तर, भारतकै पैसामा भारततिर प्रधानमन्त्री, मन्त्री, सांसदहरूको भ्रमण गइरहेको छ । नेपालसँग के प्रधानमन्त्रीको भ्रमणको लागि पैसा छैन ? त्यसकारण यो रोक्नु आवश्यक छ । भारतीय दूतावासबाट सोझै २० करोडको योजना छनोट पनि बन्द हुनुपर्छ ।”

उनले नेपाल स्काउट र रेडक्रसमा भएको भ्रष्टाचार छानबिन गर्न पनि माग गरे । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १३:०४
प्रतिक्रिया दिनुहोस्