site stats
बाह्रखरी :: Baahrakhari
देश
अछाममा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु, १४ घाइते
प्रतीकात्मक तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अछाम । अछाममा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । चौरपाटी गाउँपालिका–५, लुंग्रास्थित आमरुख नजिक आज बिहान जीप दुर्घटना भएको हो ।

से१ज ४२९ नंको जीप लुग्राबाट साँफेबगर आउने क्रममा अनियन्त्रित भई सडकबाट १५० मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते डोटीको पूर्वीचौकी गाउँपालिका–४ का राजेन्द्र खड्काका डेढ वर्षका छोरा इशान खड्काको उपचारका क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र साउदले  जानकारी दिए । घाइते १४ जनाको सोही अस्पतालमा  उपचारको भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १४:१०
प्रतिक्रिया दिनुहोस्