site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
आईएमई पेमा ३६५ रुपैयाँमा दुई लाख ३० हजारसम्मको बिमा

काठमाडौं  । आईएमई पेले आईजीआई प्रुडेन्सियल इन्स्योरेन्ससँगको सहकार्यमा स्मार्ट हेल्थ (सुरक्षित भव:) नामक नयाँ बिमा सुविधा सार्वजनिक गरेको छ । यो सुविधा आईएमई पेमार्फत प्राप्त गर्न सकिने छ ।

यसबाट ग्राहकले व्यक्तिगत दुर्घटना बिमा अन्तर्गत बिमित व्यक्ति र तिनका परिवारलाई आकस्मिक चोटपटक वा मृत्युसम्मको अवस्थामा उच्चतम आर्थिक सुरक्षा प्रदान गर्ने जनाइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यो सेवा ३६५ रुपैयाँमा प्राप्त गर्न सकिने छ । जसमार्फत उपचारको क्रममा लाग्ने दुई लाख तीस हजार रुपैयाँसम्मको  बिमा दाबी प्राप्त गर्न सक्नुका साथै बिमित व्यक्तिले आईएमई पे एपमा उपलब्ध अन्य स्वास्थ्य सेवामा पनि विभिन्न छुटहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएके छ ।

व्यक्तिगत दुर्घटना बिमाले दुर्घटनाबाट हुने आकस्मिक मृत्यु, स्थायी असक्षमता, कुल आंशिक असक्षमता,  नियमित आम्दानीमा हुने हानि, आकस्मिक चिकित्सा खर्च, शोक व्यय तथा अन्त्येष्टि खर्चहरूसमेत समेटेको छ  ।

डिजिटल फाइनान्सियल सर्भिसमार्फत बिमाको दायरालाई थप फराकिलो बनाउन सकिने र यो सेवा उक्त कार्यमा एउटा कोसेढुंगा सावित हुने विश्वास लिएको आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले बताए ।

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १६:२२
प्रतिक्रिया दिनुहोस्