site stats
बाह्रखरी :: Baahrakhari
देश
कोदालो प्रहार गरेर श्रीमतीको हत्या
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सिन्धुली । सिन्धुलीमा श्रीमान्‌ले कोदालो प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । जिल्लाको दुधौली नगरपालिका–१४ ज्यामिटारका ३५ वर्षीय बुद्धबहादुर बिकले आज आफ्नी श्रीमती ३४ वर्षीया चेतकुमारी बिकको हत्या गरेका हुन् ।

घरबाट एक किलोमिटर उत्तरमा पर्ने धन्सारस्थित खेतमा काम गर्ने क्रममा कोदालोले टाउकोमा प्रहार गर्दा श्रीमती चेतकुमारीको त्यहीँ नै मत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए ।

उनका अनुसार श्रीमतीको हत्या गर्ने बुद्धबहादुरलाई प्रहरीचौकी दुधौली नियन्त्रणमा लिएर आवश्यक कारबाही अघि बढाएको छ । रासस

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  २१:३५
प्रतिक्रिया दिनुहोस्