site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अरू दललाई पनि सरकारमा सहभागी गराउने नयाँ गठबन्धनको सहमति

काठमाडौं । नयाँ गठबन्धनका चार दल अन्य दलहरूलाई पनि सरकारमा सहभागी गराउन सहमत भएका छन् ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव गठबन्धनप्रति सकारात्मक दलहरूसँग संवाद गर्न सहमत भएका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“सुशासन, सामाजिक न्याय र समृद्धिको सम्माननीय प्रधानमन्त्रीज्यूको संकल्प र नेपाल सरकारको मार्गचित्र कार्यान्वयन गर्न बनेको नयाँ गठबन्धनका चार दल यो गठबन्धनप्रति सकारात्मक दलहरूसँग संवाद गर्दै अरू दललाई समेत सहभागी गराएर सरकारलाई पूर्णता दिने सहमतिमा पुगेका छन्,” प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले फेसबुकमार्फत भनेका छन् ।

गठबन्धन दलका नेताहरूबीच बालुवाटारमा छलफल भएको थियो ।
 

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १७:३६
प्रतिक्रिया दिनुहोस्