site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
प्राचीन कलाकृति समावेश गरिएको ग्लोबल आइएमई बैंकको क्यालेन्डर सार्वजनिक

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ वर्षको पूर्वसन्ध्यामा २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ ।

बैंकले राष्ट्रिय संग्रहालय छाउनी र पुरातत्त्व विभागसँगको सहकार्यमा विभिन्न समयमा स्वदेश फर्काइएका प्राचीन कलाकृति समावेश गरी तयार गरिएको नयाँ वर्ष २०८१ को क्यालेन्डर सार्वजनिक गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको कर्पाेरेट कार्यालय कमलादीमा आयोजित एक कार्यक्रमबीच नयाँ सालको क्यालेन्डर सार्वजनिक गरेका हुन् ।

क्यालेन्डर सार्वजनिक गर्दै अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई पूरा गर्न विभिन्न सामाजिक कार्य गर्दै आएको बताए । नेपालको सर्वांगीण विकासका निम्ति नेपाली कला, साहित्य, संस्कृति र सभ्यताको संरक्षण र प्रवर्द्धन गर्न आवश्यक रहेको उनले उल्लेख गरे ।

ग्लोबल आइएमई बैंकले ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २७७ शाखारहित बैंकिङ, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीन वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १४:१६
प्रतिक्रिया दिनुहोस्