site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकीकृत समाजवादीका सांसद भन्छन्– लिखित सहमति गरे मात्र विश्वासको मत दिन्छौँ 
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का नेताले आफूहरूले अघि सारेका मागमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिखित सहमति जनाए मात्र विश्वासको मत दिन सकिने बताएका छन् । सोमबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकपछि प्रमुख सचेतक मेटमणि चौधरीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्रीलाई आफ्नो पार्टीले भनेका विषयमा लिखित सहमति जनाए मात्र राष्ट्रियसभा अध्यक्षमा सहयोग गरिने उनले उल्लेख गरे । “भोलि हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचन र पर्सि प्रधानमन्त्रीज्यूले लिने, विश्वासको मत लिने बारेमा निर्णय गरेका छैनौँ । हामीले भनेको केही कुरामा उहाँले सहमति जनाउनुभयो भने, त्यो पनि लिखित सहमति गर्नुभयो भने राष्ट्रियसभामा भोट दिन सक्छौँ,” उनले भने, “र, प्रतिनिधिसभामा उहाँले लिने विश्वासको मतमा पोजिटिभ हुनसक्छौँ ।”

उनले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई भनेका केही मागको सुनुवाइ नभए भोट हाल्न जरुरी नरहेको बताए । “...उहाँ (प्रधानमन्त्री)ले हाम्रा कुरा सुनुवाइ नगर्ने र हामीले भोट हाल्दिरहनुपर्ने जरुरी ठानेका छैनौँ, ठान्दैनौँ । उहाँमै भर पर्छ,” प्रमुख सचेतक चौधरीले भने, “सरकार ढल्ने वा रहने कुरा प्रचण्डमै भर पर्छ । सहमति हुनुभयो भने मत पाउनुहुन्छ, हुनु भएन भने मत पाउनु हुन्न ।” न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १५:४५
प्रतिक्रिया दिनुहोस्