site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘बाबुराम आचार्य : जीवनी र व्यक्तित्व’ विषयक प्रवचन सम्पन्न

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान, सामाजिक शास्त्र विभागले इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानसँगको सहकार्यमा इतिहास शिरोमणिको १३७औँ जन्मजयन्ती मनाएको छ । उक्तअवसरमा ‘बाबुराम आचार्य : जीवनी र व्यक्तित्व’ विषयक प्रवचन प्रस्तुत गरिएको थियो । कार्यक्रममा संस्कृतिविद् डा. गोविन्द टण्डनले प्रवचन दिएका थिए ।

प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले बाबुराम आचार्यको चर्चा गर्दै इतिहास लेखनका माध्यमबाट संसारलाई चिनाउन सफल आचार्यले संसारकै सर्वोच्चशिखरलाई सगरमाथा नामकरण गरेर नेपालको गौरव बढाउन योगदान पुर्याएको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सदस्यसचिव डा. धनप्रसाद सुवेदीले आचार्यले नेपाली साहित्यिक इतिहासको जग बसालेको उल्लेख गर्दै साहित्यिक इतिहास र समालोचनात्मक प्रवृत्तिको उजागर गरेको बताए ।

कार्यक्रममा प्रतिष्ठानका सामाजिक शास्त्र विभाग प्रमुख डा. कौशिला रिसाल, प्रा.डा. सुरेन्द्र के.सी., प्रा.डा.त्रिरत्न मानन्धरलगायतले बोलेको चेतनाथ धमलाले जनाएका छन् ।

 

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  ०८:५३
प्रतिक्रिया दिनुहोस्