site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
निर्माणमुखी सामग्री निकासी गर्न सक्ने गरी विधेयक ल्याउनु हुँदैन : रघुजी पन्त
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का नेता रघुजी पन्तले नेपालका खानीहरूमा रहेको निर्माणमुखी सामग्री निकासी गर्न सक्ने गरी विधेयक ल्याउन नहुने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएका हुन् ।

विधेयकमा सरकारले नेपालको खोलानदीमा भएका गिट्टी, बालुवा, ढुंगाजस्ता निर्माण सामग्री निकासी गर्न पाउने व्यवस्था राखेको भन्दै उनले सो विषय तत्काल हटाउन माग गरे । उनले मुलुकभित्र रहेका निर्माणजन्य सामग्री विदेशमा निर्यात गर्नेभन्दा पनि देशभित्रै खपत गर्नुपर्नेमा जोड दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले विधेयकको दफा ४२ मा ‘सरकारले चाहेमा निकासीमा रोक लगाउन सक्ने’ भन्ने शब्दले निर्माण सामग्रीको स्रोतबाट गिट्टी, बालुवा, ढुंगाजस्ता निर्माण सामग्री निकासी गर्न सक्ने बुझिएकाले हटाउन माग गरे । उनले सर्वोच्च अदालतले निर्माण सामग्री विदेश निकासी गर्न रोक लगाएकाले त्यो विषयमा सरकारले कानुन बनाउन नहुने बताए ।

नाफाका निम्ति निकासी गर्न छुट दिए भविष्यमा आवश्यक परेको खण्डमा यस्ता निर्माण सामग्री नेपालले पाउन नसक्ने उनले उल्लेख गरे । उनले निर्माणमुखी सामग्री प्रयोग गर्दा दीर्घकालीन स्रोतका रूपमा हेर्नुपर्नेमा जोड दिए ।

उनले वातावरण र जलवायु परिवर्तनलाई थप असर पुर्‍याउने विषयमा सचेत भएर निर्माणजन्य सामग्रीको प्रयोगमा ध्यान दिन जरुरी रहेको औँल्याए । छिमेकी देशको दबाबले हरेकपटक निर्माणजन्य सामग्री निकासीको विषय आउने गरेको उनको भनाइ थियो । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १४:३८
प्रतिक्रिया दिनुहोस्