site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
'राजनीतिक प्रतिशोधले गृहमन्त्रीको राजीनामा मागियो'
फाइल तस्बिर ।

काठमाडौं । सञ्चार तथा सूचनाप्रविधि मन्त्री रेखा शर्माले राजनीतिक प्रतिशोधको आधारमा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागिएको बताएकी छन् ।

शुक्रबार मन्त्रिपरिषद्को बैठकपछि उनले कामका आधारमा हेर्नुपर्ने बताइन् । काममा कमजोरी भए स्वाभाभिक ढंगले राजीनामा दिनुपर्ने उनको भनाइ छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“भर्खर काम गर्न सुरु गर्नु भएको छ । पुनर्गठित मन्त्रीज्यूहरू त भर्खर न सुरु गर्नुभएको छ । यो बेलामा आएर राजनीतिक पूर्वाग्रहको आधारमा काम हेर्ने पर्‍यो के,” उनले भने, “काममा गल्ती भयो, काममा कमजोरी भयो, काममा कोही आशंकाको दायरामा तानियो भने स्वाभाविक ढंगले राजीनामा दिएर जाने स्थिति बन्छ । तर, जुन ढंगले राजीनामा माग भइरहेको छ, एउटा राजनीतिक प्रतिशोध जस्तो हामीलाई लागिराखेको छ ।” 

आजको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसले गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै बैठक अवरुद्ध गरेको थियो ।

उनले चालु अधिवेशनमा थुप्रै कानुन पास गर्नुपर्ने भएकाले प्रतिपक्षीले आलोचना र समर्थन कामका आधारमा गर्नुपर्ने बताइन् ।

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १८:४६
प्रतिक्रिया दिनुहोस्