site stats
बाह्रखरी :: Baahrakhari
देश
बाँकेमा जंगली जनावरको आक्रमणबाट एकजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जानकी (बाँके) । बाँकेमा जंगली जनावरको आक्रमणबाट एक वृद्धको ज्यान गएको छ । 

पूर्वपश्चिम राजमार्गको ढकेरीदेखि दुई किलोमिटर पश्चिममा पर्ने भालुखोलाको सडक बाटो छेऊमा जंगली जनावरले आक्रमण गर्दा ७१ वर्षीय नगेन्द्रप्रसाद शर्माको मृत्यु भएको बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार शाहले जानकारी दिए । 

मृतक शर्मा दार्मा गाउँपालिका–१ सल्यान घर भई हाल ढकेरी र कोहलपुरमा आफन्तको घरमा बस्दै आएका थिए । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार मृतक शर्मालाई जंगली जनावरले आइतबार बिहान साढे पाँच बजेको समयमा आक्रमण गरेको अनुमान गरिएको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा पठाइएको छ । रासस

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  ११:४८
प्रतिक्रिया दिनुहोस्