site stats
बाह्रखरी :: Baahrakhari
देश
शिक्षाका कर्मचारीले ‘सोर्स–फोर्स’ लगाउन खोजे मूल्यांकनमा ०.५ अंक घटाइने 
फाइल तस्बिर ।

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका कर्मचारीले कुनै पनि नाममा ‘सोर्स–फोर्स’ र बार्गेनिङ गरे कार्यक्षमता मूल्यांकनमा ०.५ अंक काटिने भएको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले अनुचित नियुक्ति तथा सरुवा बढुवाका निम्ति यस्तो कार्य गरे अंक काटिने बताएकी छन् । 

“शिक्षा मन्त्रालय वा मातहतका निकायहरूमा मेरो नाम लिएर वा पार्टी तथा कर्मचारीमार्फत वा कुनै पनि साइनो लाएर कुनै किसिमको अनुचित नियुक्ति वा अनावश्यक सरुवा बढुवाको लागि सोर्स–फोर्स लाउन कसैले खोज्छ भने उसको मूल्यांकनमा ०.५ नम्बर घटाइनेछ,” मन्त्री श्रेष्ठको सचिवालयको फेसबुक पेजमा लेखिएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्तै, भर्ना वा छात्रवृत्ति समेतका निम्ति समेत ‘सोर्स–फोर्स’ वा बार्गेनिङको गन्ध थाहा पाए स–प्रमाण उजुरी गर्न मन्त्री श्रेष्ठको अनुरोध छ ।  यस्ता कार्य गर्नेलाई अनुसन्धान गरी तत्काल कारबाही गर्ने उनको भनाइ छ । 

sumana-1710657794.JPG
 

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १२:३३
प्रतिक्रिया दिनुहोस्