site stats
बाह्रखरी :: Baahrakhari
देश
दाङमा जीप पल्टिँदा एकजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

देउखुरी (दाङ) । पश्चिम दाङमा आज यात्रुबाहक जीप पल्टिँदा घाइते भएकामध्ये एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका–१ निवासी ४५ वर्षीय जितबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता जनकबहादुर मल्लले जानकारी दिए ।

बुढाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा आज बिहान ११ः३० बजे मृत्यु भएको हो । त्यसैगरी जीप चालक बबई–१ निवासी ४७ वर्षका लोकबहादुर रानालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पश्चिम दाङको गँगटेबाट तुलसीपुरका लागि छुटेको लु१ज १४२७ नंको जीप भाङाबारी नजिकै उकालोमा टायरमा ढुंगा लगाएर रोक्ने क्रममा पछाडि आएर पल्टिँदा सातजना घाइते भएका थिए । 

अन्य घाइते हुनेमा बबई–१ निवासी ५० वर्षका जोगबहादुर बुढा, १७ वर्षकी तारा सारु मगर, ३२ वर्षका संगीता बुढा, ४० वर्षका बन्दना बुढा र सल्यानको शारदा नगरपालिका–९ निवासी ५० वर्षकी नन्दकली थापा छन् । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १४:३८
प्रतिक्रिया दिनुहोस्