site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
स्ववियु सभापति र पदाधिकारीलाई कार्यप्रगति विवरण पठाउन निर्देशन
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । एक वर्षअघि संघको टिकटबाट निर्वाचित स्ववियु सभापति एवम् पदाधिकारीहरूलाई नेपाल विद्यार्थी संघ (नेविसंघ)ले कार्यप्रगति विवरण पठाउन निर्देशन दिएको छ । संघ सभापति दुजाङ शेर्पाले सोमबार विज्ञप्ति जारी गर्दै कार्यप्रगति विवरण तयार गरी आउँदो चैत्र १५ गतेभित्र नेविसंघ केन्द्रीय कार्यसमितिलाई पठाउन निर्देशन दिएका हुन् । 

स्ववियु निर्वाचन भएको चैत्र ५ गते एक वर्ष पुग्दैछ । “नेपाल विद्यार्थी संघको प्रतिनिधित्व गरी स्ववियुमा निर्वाचित भएर कार्य गर्दै आएका सम्पूर्ण विश्वविद्यालयका स्ववियु समितिलाई हालसम्मको शैक्षिक, रचनात्मक एवम् अन्य कार्यहरूको यथार्थ कार्यप्रगति विवरण तयार गरी आउँदो मिति २०८० चैत्र १५ गते भित्र नेविसंघ केन्द्रीय कार्यसमितिलाई तपशिलको ठेगानामा पठाउन अनुरोध तथा निर्देशन गर्दछु,” निर्देशन पत्रमा लेखिएको छ ।

nebi-sang-1710761633.png
 

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १९:०३
प्रतिक्रिया दिनुहोस्