site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपाल–भारत सीमा थप एक घण्टा खोल्ने सहमति

बैतडी । पिथौरागढमा सम्पन्न नेपाल–भारत सीमा समन्वय बैठकले दुई देशबीचको बैतडीको झुलाघाट नाका आज वेलुकी ७ बजेसम्म खोल्ने सहमति भएको छ । 

बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले यसअघि बिहान ६ देखि बेलुका ६ बजेसम्म खुल्ने उक्त नाका अबदेखि बेलुका ७ बजेसम्म खोल्ने सहमति भएको बताए । बैठकमा भारतमा हुने लोकसभा चुनावलाई मध्यनजर गरेर सीमा क्षेत्रमा अपनाउनुपर्ने सतर्कताबारे पनि छलफल भएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

साथै दुवै देशका सीमा क्षेत्रमा हुनसक्ने आपाराधिक गतिविधि नियन्त्रण, मानव तथा वन्यजन्तु तस्करीमा रोक, लागुऔषध ओसारपसारमा रोकलगायत विषयमा पनि बैठकमा छलफल भएको जनाइएको छ । 

बैठकमा भारतीय पेन्सनरी नेपालीलाई सहजता गर्ने, सीमा क्षेत्र भएर बग्ने महकाली नदीको सरसफाइ, द्विपक्षीय सीमा क्षेत्रका विविध विषयमा छलफल भएको छ । रासस
 

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १३:०३
प्रतिक्रिया दिनुहोस्