site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
झोलामा मात्र कृषि फर्म सञ्चालन गर्ने प्रवृत्तिको अन्त्य गर्नेगरी बजेट ल्याउनुपर्छ : सांसद पराजुली
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले आउँदो बजेट झोलामा मात्र कृषि फर्म सञ्चालन गर्ने प्रवृत्तिको अन्त्य गर्नेगरी आउनुपर्ने बताएका छन् । नेतासँग पहुँचको आधारमा अनुदान लिने र त्यसको दुरुपयोग बढ्ने भन्दै उनले त्यसलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । 

बुधबारको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि छलफलमा सहभागी हुँदै उनले विगत ३४ वर्षदेखि कृषि क्षेत्रमा बजेट र कार्यक्रम आउने गरे पनि त्यसले कृषि क्षेत्रमा के प्रगति भयो त भन्ने प्रश्न गरे । कृषिलाई आधुनिकीकरण र व्यवसायकरण गर्ने भनिरहँदा यो वर्ष पनि पुरानै पारा हुने त हैन भन्ने प्रश्न उनको थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“विगत ३४ वर्षदेखि सरकार सञ्चालन गर्दाखेरी यो विषय हामीले सुनिरहेका हौँ । कृषिले अत्यन्तै ठूलो सम्भावना बोकेको छ र यो क्षेत्रको सुधार गर्न प्रत्येक वर्ष कार्यक्रम तय गर्नुपर्छ भनेर कार्यक्रम तय गरिरहेका छौँ,” उनले भने, “आधुनिकीकरण गर्नुपर्छ भनिरहेका छौँ तर, गतवर्ष १९ खर्बको आयातमा चार खर्बको आयात खाद्यान्नको मात्र गरेका छौँ । साँच्चै हामीले कति प्रगति गर्न सकेछौँ त कृषि क्षेत्रको आधुनिकीकरण गर्न ?” 

उनले यो वर्ष बजेट बनाउँदै गर्दा कृषिलाई आधुनिकीकरण मात्र होइन खाद्य सुरक्षामा जोड दिएर हाम्रो देशमा सम्भावना बोकेका कृषि उपजलाई उत्पादन गर्नका लागि तार्किक रूपमा त्यस्ता योजनामा बजेट विनियोजन गर्न उनले अनुरोध गरे ।

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १६:०९
प्रतिक्रिया दिनुहोस्