site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
रङ : एक अस्तित्व : एक उपस्थिति

चराजसरी उडिरहेका थिए, रङहरू
र,
यही बेला
भेटियौ तिमी

जसलाई मैले भनिदिएँ–
मेरो माया

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कुनै परिजसरी आएकी थिइनौ तिमी
न आएकी थियौ 
तिमी कुनै हिरोइनजस्ती भएर

तिमी आएकी थियौ
मसम्मुख
कुनै दुर्गम गाउँजस्ती भएर,
तिमी आएकी थियौ
मसम्मुख
सबैभन्दा चम्किलो ताराजस्ती भएर

तिमी देखिएकी थियौ,
सामान्य
तर,
रङले भरिएकी
पूर्णतः

तिमी आएकी थियौ
उड्दै उड्दै आइरहेका रङहरूजसरी,
तिमी आएकी थियौ
निरन्तर निरन्तर फैलिरहेका रङहरूजसरी

जसरी नाँच्दछन् रङहरू,
पूरै जंगलभरि
जसरी मुस्कुराउँछन् रङहरू,
बच्चाका मुहारभरि
त्यसरी
आएकी थियौ
तिमी

जसलाई मैले भनिदिएँ–
मेरो माया ।
(इटहरी)
 

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  ०८:२१
प्रतिक्रिया दिनुहोस्