site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
इलाम–२ का लागि रास्वपाले सार्वजनिक गर्‍यो ६ जना प्रारम्भिक उमेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम–२ को उपनिर्वाचनका लागि प्रारम्भिक उमेदवारको नामावली प्रकाशन गरेको छ ।

रास्वपाको केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालले बुधबार ६ जना आकांक्षीको नाम सार्वजनिक गरेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जसमा गोकुल बहादुर राई, जमुना शर्मा, महेन्द्र कुमार थापा, मान बहादुर घिमिरे, मिलन लिम्बु र डा. शेषरमण न्यौपाने रहेका छन् ।

चुनावमा भाग लिने उमेदवार चयन गर्न पार्टीको विधानको धारा ७१ बमोजिम सञ्चालन गरिने प्रारम्भिक निर्वाचनमा भाग लिन उनीहरूले उमेदवारी दिएका थिए ।

रास्वपाले प्रारम्भिक उमेदवारी उपरको दाबी विरोध गर्ने समय मिति भोलि दिउँसो १ बजेसम्म निर्धारण गरेको छ ।

आगामी वैशाख १५ गते इलाम–२ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुँदै छ ।

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १८:४६
प्रतिक्रिया दिनुहोस्