site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
१५ स्रष्टा तथा समाजसेवी सम्मानित

काठमाडौं । जनमत वाङ्मय प्रतिष्ठानले २०७९ सालको विभिन्न सम्मान एक समारोहकाबीच स्रष्टाहरूलाई समर्पित गरेको छ ।

शनिबार बनेपा काभ्रेमा आयोजित जनमतको ४०औँ वार्षिकोत्सव तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि कवि तथा कलाकार नरेन्द्रबहादुर श्रेष्ठले ‘दीपा–जनमत सम्मान’ प्रा. डा. लक्ष्मणप्रसाद गौतम (बागलुङ), ‘गणेश÷खिलकुमारी दुवाल–जनमत सम्मान’ प्रमोद प्रधान (मोरङ), ‘हृदयचन्द्र–जनमत वरिष्ठ साधक सम्मान’ डा. अभि सुवेदी (तेह्रथुम), ‘जनमत–जनक प्रधान सेवा सम्मान’ राजेश खनाल (महोत्तरी) लाई प्रदान गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यसैगरी ‘केवलपुरे–जनमत सम्मान’ नर्मदेश्वरी सत्याल (संखुवासभा), ‘जनमत–महेन्द्रलाल कलाकार सम्मान’ रवीन्द्र श्रेष्ठ (भक्तपुर), ‘कमला सैंजू–जनमत सम्मान’ लक्ष्मी माली (काठमाडौं), ‘जनमत–राजभाइ सहयात्री सम्मान’ बाबुराम श्रेष्ठ ‘वर्षा’ (मोरङ) र ‘भारती–जनमत साहित्यिक पत्रकारिता सम्मान’ मेरिना स्मृति (काठमाडौं) लाई प्रदान गरिएको छ ।

कार्यक्रममा ‘जनमत–केदार÷सुदर्शना बालसाहित्य सम्मान’ गंगादेवी कसजू (बाग्लुङ), ‘जनमत–सिचि धर्म÷संस्कृति सम्मान’ रामकृष्ण कर्माचार्य (ललितपुर), ‘जनमत–मित्र अनुवाद राष्ट्रिय सम्मान’ महेश पौड्याल (काठमाडौं) तथा ‘जनमत–दीपक वैद्य स्वास्थ्य सम्मान’ डा. सिर्जना श्रेष्ठ (काठमाडौं) लाई प्रदान गरियो । सम्मानित व्यक्तित्वहरूलाई जनही नगद राशि १० हजारसमेत प्रदान गरियो ।

कार्यक्रममा जनमतद्वारा प्रकाशित ‘नेताका साथी’ (एकांकी) लोकेन्द्रबहादुर चन्द, ‘आलोचना र परिचय’ (दोस्रो संस्करण)मोहन दुवाल, ‘किरणको वेदना’ (नाटक) सिद्धिबहादुर कर्माचार्य, ‘स्वर्गको दरबार’ (तेस्रो संस्करण) शुक्रराज शास्त्री र ‘जनमत जानकारी’ (विविधा) सं. मोहन दुवाल लगायतका पुस्तकहरू सार्वजनिक गरिए ।

उक्त अवसरमा प्रमुख अतिथि नरेन्द्रबहादुर श्रेष्ठ, गंगा सुवेदी, मोहन दुवाल, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, प्रमोद प्रधान, बाबुराम श्रेष्ठ ‘वर्षा’ले बोलेका थिए ।

 

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  ०७:४२
प्रतिक्रिया दिनुहोस्