site stats
बाह्रखरी :: Baahrakhari
कला
चलचित्र ‘मोहर’को गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘मोहर’को गीत सार्वजनिक भएको छ । ‘चाहिँदैन मोहर पर्दैन सुकी’ बोलको गीत निर्माणपक्षले आज सार्वजनिक गरेको हो । 

सरद हुमागाइँ र विशाखा साहीको स्वर रहेको गीतमा प्रमोद ढुंगानाको शब्दरचना छ । संगीत सुरेश अधिकारीले गरेका छन् । 

प्रेमिल गीतमा प्रेमीप्रेमिकाले एअर्काप्रति दर्शाएको प्रेमभाव छ । गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार पल शाह र नीति शाहको अभिनय छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

साउनको २३ गतेबाट रिलिजमा आउने यो चलचित्र ‘मोहर’लाई अभिनेतासमेत रहेका निर्देशक ओम प्रतीकले निर्देशन गरेका छन् । 

उनी आफैँले यो सिनेमाको कथा लेखेका छन् । उनले समाजमा जरा गाडेर बसेको देउकी प्रथाविरुद्ध आवाज उठाउने भएका छन् ।

पल र नीतिसँगै यो सिनेमामा बेनिशा हमाल, बाल कलाकार सारा शर्मा, नीति शाह, अर्जुनजंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नविन खतिवडा र बाल–कलाकार सारा शर्माको मुख्य भूमिका छ ।

फिल्म मेकर्स प्रा.लिको प्रस्तुतिमा तयार भएको ‘मोहर’का निर्माता चुम्बनजंग शाही हुन् । रोशनजंग शाही चलचित्रका लाइन प्रोड्युसर रहेका छन् ।

कुमार महर्जनको एक्सन रहेको चलचित्रमा कविराज गतहराज र रामजी लामिछानेको कोरियोग्राफी, समीर मियाको भीएफएक्स, सत्यम रानाको सीजीआई, सुरेश अधिकारी, थानेश्वर गौतम र एसडी योगीको संगीत, भुपेन्द्र अधिकारीको सम्पादन, दिपेन बस्न्यातको डीओपी छ ।

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  १४:५७
प्रतिक्रिया दिनुहोस्