site stats
बाह्रखरी :: Baahrakhari
देश
पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

लमजुङ । पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । लमजुङ र मनाङलाई जोड्ने एकमात्र यस सडकखण्डअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४,  श्रीचौरमा वर्षासँगै पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईँले पहिरोका कारण सवारीसाधन सञ्चालन हुन नसक्दा यात्रुलाई समस्या भएको बताए । पहिरोबारे डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयलाई खबर गरिएको तथा अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए । रासस

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  ०७:४७
प्रतिक्रिया दिनुहोस्