site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कर्णालीमा चैत २७ गतेभित्र नयाँ सरकार गठन गर्न आह्वान
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । कर्णाली प्रदेशमा आउँदो चैत २७ गतेभित्र नयाँ सरकार गठन गर्न आह्वान गरिएको छ । प्रदेश प्रमुख तिलक परिवारले बुधबार विज्ञप्ति जारी गर्दै चैत २७ गतेभित्र बहुमतको सरकार गठन गर्न आह्वान गरेका हुन् । माओवादी केन्द्रका संसदीय दलका नेता तथा मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएपछि नयाँ सरकार गठन गर्न आह्वान गरिएको हो । 

"नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कर्णाली प्रदेशसभाका सदस्यलाई चैत २७ गते साँझ ५ः५० बजेभित्र मुख्यमन्त्री पदका लागि दाबी पेस गर्न प्रदेश प्रमुखबाट आह्वान," विज्ञप्तिमा भनिएको छ । 

karnali-1712151827.jpg
 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १९:२९
प्रतिक्रिया दिनुहोस्