site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
चीन भ्रमणप्रति भएको टिकाटिप्पणीप्रति परराष्ट्रमन्त्रीको असन्तुष्टि 

काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो चीन भ्रमणप्रति भएको टिकाटिप्पणीप्रति असन्तुष्टि जनाएका छन् ।

बिहीबार ललितपुरको जावलाखेलमा ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ उद्घाटन गर्दै श्रेष्ठले आफ्नो चीन भ्रमणका विषयमा केही व्यक्तिहरूले नबुझेर टिकाटिप्पणी गरेको भन्दै आफू परराष्ट्रमन्त्री भएर चीन गएकाले परराष्ट्रमन्त्रीले जे गर्नुपर्ने हो त्यही काम गरेको समेत बताए । चीन भ्रमणका क्रममा एक मिनेट पनि फुर्सद नलिई नेपालको आर्थिक विकासका लागि छलफल भएको भन्दै उनले छिटै सकारात्मक निष्कर्ष निस्कने विश्वास व्यक्त गरे । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले राजनीतिक परिवर्तनसँगै देशलाई आर्थिक रुपान्तरण गर्दै आर्थिक विकासमा सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने बताए । अर्थतन्त्रलाई बेलैमा लयमा ल्याउँदै जनताको जीवनस्तरमा सुधार गर्न सके मात्रै राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुने उनले बताए । 

श्रेष्ठले लगानी सम्मेलनलाई सफल पार्दै सरकार निजी क्षेत्र उद्योगी व्यवसायी मिलेर देशको यथार्थलाई मध्यनगर गर्र्दै बजेट निर्माणको प्रक्रियामा केन्द्रित हुनुपर्ने उल्लेख गरे ।

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १४:५७
प्रतिक्रिया दिनुहोस्