site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
टेस्लाको स्वचालित ‘रोबोट्याक्सी’ सार्वजनिक गर्दै एलन मस्क

काठमाडौं । स्पेसएक्स टेस्ला एवं एक्सका मालिक एलन मस्कले आउँदो अगस्ट ८ मा ‘रोबोट्याक्सी’ सार्वजनिक गर्ने बताएका छन् ।

कम्पनीले लामो समयदेखि सार्वजनिक गर्ने भनेको यो ट्याक्सी टेस्लाको नेक्स्ट जेनरेसनको भेहिकल प्लेटफर्ममा निर्माण भइरहेको मस्कले भनेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

टेस्लाले २५ हजार अमेरिकी डलर पर्ने बजेटमैत्री विद्युतीय गाडी (ईभी) निर्माण गर्ने याजना रद्द गरेको समाचार रोयटर्सले रिपोर्ट गरेकै दिन मस्कले यस्तो घोषणा गरेका हुन् ।

मस्कले आफ्ना कर्मचारीलाई ठूलो मात्रामा ईभी बनाउनुको सट्टा अरु गाडीलाई अप्रचलित बनाउन पूर्णरूपमा स्वचालित सवारी निर्माणमा ध्यान केन्द्रित गर्न चाहेको भनेको बताइएको छ ।

सन् २०२३ को एक इभेन्टमा ढाकिएको गाडी देखाएर समेत टेस्लाले रोबोट्याक्सी निर्माण भइरहेको भनेको थियो । स्वचालित कार धनीहरू यात्रुलाई उठाएर गन्तव्यमा पुर्‍याएर समेत आम्दानी गर्न सक्ने मस्कको भनाइ छ ।

मस्कले यो पूरै एक ‘टेस्ला नेटवर्क’ हुने र मोबाइल एपबाटै टेस्ला सेयरिङ फ्लिटमा आफ्नो कार थप्न सक्ने बताएका छन् ।आफू काम गरिरहेका बेला वा बिदामा हुँदा यसरी स्वचालित ट्याक्सीलाई काममा लगाइ राख्दा राम्रो आम्दानी गर्न सकिने मस्काले भनेका छन् ।

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १०:५२
प्रतिक्रिया दिनुहोस्