site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेतामाथिबाट तोक्ने होइन, हरेक पालिकाले छान्न पाउनुपर्छ : घनश्याम भुसाल 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले अबको दुई वर्षमा वामपन्थी विकल्प दिन नसके मुलुक दक्षिणपन्थी दिशामा ढल्कने बताएका छन् ।

पार्टीको गोरखा–काठमाडौं सम्पर्क मञ्चले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले अहिलेकै अवस्थामा बदलिन नसक्ने बताए । “हामी आजै बदलिनुपर्छ । यही अवस्थामा मुलुक परिर्वतन हुँदैन । आगामी महाधिवेशनबाट त्यो सबै कुरा सच्याउन पर्छ,” उनले भने, “अबको दुई वर्षमा वामपन्थी विकल्प दिन नसक्ने हो भने दक्षिणपन्थी दिशामा ढल्किन्छ ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आजको समाजवादको उदेश्य अबको १० वर्षमा दुर्गम भेगका सबैलाई रोजगार बनाउनु रहेको उनको भनाइ छ । भुसालले निर्वाचनमा नेताकहाँ धाएर टिकट लिने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए । 

केन्द्रबाट नेता तोक्ने नभएर पालिकाले नै छान्न पाउने ग्यारेन्टी आगामी महाधिवेशन अगावै गर्नुपर्नेमा भुसालले जोड दिए । “नेताकोमा चाकडी गरेर, नेताकोमा धाएर टिकट लिने प्रवृति अन्त्य हुनुपर्छ । हरेक पालिकामा त्यहीबाट नेता छान्न पाउनुपर्छ । माथिबाट तोक्ने होइन । सुशासनको प्रत्याभूति हुने गरी देशलाई यति वर्षमा हामी यहाँ पुर्‍याउँछौँ भन्ने ग्यारेन्टी गरेर महाधिवेशनमा जानुपर्छ,” भुसालले भने । 

भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुक बिगार्न गरेका कुरा अझै बाहिर आइनसकेको दाबी गरे । “ओली निरंकुश भएकै हुन् । मुलुकमा ७५ वर्षपछि वामपन्थी सरकारले जे गर्न सक्ने अवस्थामा आएको थियो त्यो सबै भत्काए,” भुसालको आरोप छ ।

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १४:५३
प्रतिक्रिया दिनुहोस्