site stats
बाह्रखरी :: Baahrakhari
देश
मर्मत गरियो भैरवनाथको रथ

काठमाडौं । भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्राअन्तर्गत पहिलो दिन तानिएको भैरवनाथको रथ मर्मत गरिएको छ ।

जात्राको पहिलो दिन प्यागोडा शैलीमा बनाइएको तीनतले भैरवनाथको रथ बिग्रिएपछि मर्मत गरिएको हो । रथको पांग्राको बीचमा हुने चारवटै गलः भाँचिएका कारण रथ मर्मत गरिएको स्थानीयले जनाएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तान्त्रिक विधिबाट आठ रात, नौ दिन मनाइने भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्त्व रहेको बिस्केट जात्राको पहिलो दिन टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गरिएको थियो ।

भैरवनाथको रथ तानेर सुरु हुने जात्रा वैशाख ५ गते विधिवत्‌रूपमा सम्पन्न हुनेछ ।


 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १८:३९
प्रतिक्रिया दिनुहोस्