site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पार्टीभन्दा माथि उठेर मैले राष्ट्र बचाउने अभियान सुरु गरेको छु : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले देश दुर्घटनाको संघारमा पुगेकाले पार्टीभन्दा माथि उठेर आफूले राष्ट्र बचाउने अभियान सुरु गरेको बताएका छन् ।

दाङको घोराहीमा बिहीबार आयोजित दाङ कांग्रेसको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले देश बचाउनकै लागि संसद्‌मा रहेका पहिलो र दोस्रो दल मिल्नुको विकल्प नभएको जिकिर गरे । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“मैले देश बचाउनकै लागि संसद्‌मा रहेका पहिलो र दोस्रो दल मिल्नुपर्छ भनेर भन्दै आएको हुँ,” उनले भने, “राजनीतिक दलहरूले देश पहिले भन्ने कुरालाई प्राथमिकतामा नराखेसम्म राष्ट्र बन्दैन, छिटोभन्दा छिटो दुई ठूला दल एक ठाउँमा उभिएर देशलाई निकास दिऊँ ।”

राजनीतिक दलहरूले राष्ट्रलाई प्राथमिकता नराखेकै कारण जनतामा निराशा छाएको कोइरालाले बताए । नेताहरूले पहिले आफू त्यसपछि पार्टी अनि मात्रै देशलाई राख्ने गरेकाले राष्ट्र संकटमा परेको कोइरालाको भनाइ छ ।

फरक प्रसंगमा उनले कांग्रेसलाई एक्लै चुनाव लडेर बहुमत ल्याउन सक्ने अवस्थामा नपुर्‍याएसम्म आफ्नो यात्रा नरोकिनेसमेत बताए ।

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १८:०१
प्रतिक्रिया दिनुहोस्