site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभा बैठक केही बेरलाई स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक केही बेरका निम्ति स्थगित गरिएको छ ।

निःशुल्क स्वास्थ्योपचारको सुनिश्चिततासम्बन्धी संकल्प प्रस्तावमाथिको छलफलका क्रममा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपस्थित नभएको भन्दै संकल्प प्रस्ताव प्रस्तोता नेपाली कांग्रेसकी सांसद कमला पन्तले आपत्ति जनाएपछि राष्ट्रियसभा बैठक आजै दिउँसो ३ बजेर १५ मिनेटमा बस्ने गरी स्थगित गरिएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

१० मिनेटभित्र स्वास्थ्यमन्त्री बैठकमा आउँछु भनेकाले केही बेरका निम्ति बैठक स्थगित गरिएको सभाध्यक्ष नारायणप्रसाद दाहालले जानकारी दिए ।

सांसद पन्त प्रस्तावक रहेको सो संकल्प प्रस्तावमा कृष्णप्रसाद पौडेल, जितजंग बस्नेत, शारदादेवी भट्ट, नारायणदत्त भट्ट, तुलप्रसाद विश्वकर्मा, विमला घिमिरे, भुवनबहादुर सुनार, विष्णुबहादुर विश्वकर्मा, मनरूपा शर्मा, दुर्गा गुरुङ, सोनाम ग्याल्जेन शेर्पा, जयन्तीदेवी राई, मायाप्रसाद शर्मा, मदनकुमारी साह, भगवती न्यौपाने, किरणबाबु श्रेष्ठ, कृष्णबहादुर रोकाया, आनन्दप्रसाद ढुंगाना, पदमबहादुर परियार र मृगेन्द्रकुमार सिंह यादव समर्थक रहेका छन् । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १५:०४
प्रतिक्रिया दिनुहोस्