site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भीम रावलको टिप्पणी– 'सहकारी ठग'लाई राज्यबाटै संरक्षण भयो
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावलले 'सहकारीका ठगसहित तस्कर, भ्रष्टाचारी र कमिसनखोर'लाई राज्यले संरक्षण गरेको आरोप लगाएका छन् । आइतबार समाजिक सञ्जालमार्फत नेता रावलले सत्ताको 'दलालीकरण' भएको टिप्पणी गरेका छन् ।

“सिद्धान्तहीन, अनैतिक, भ्रष्टाचारी, कमिसनखोर, तस्कर, गुन्डा, सुदखोर, ठग (सहकारीमा समेत), चाटुकार, विदेशीका पिठ्ठु, दलाल, विचौलिया, घुसखोर र अयोग्यहरूलाई राजनीतिक दल र राज्यको संरक्षण हुनु तर देशभक्तिको भावनाबाट राष्ट्रिय हित र सुरक्षामा केन्द्रित नहुनु आज देशको गम्भीर समस्या हो,” रावलले लेखेका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेता रावलले सुदूरपश्चिम सरकार निर्माणमा देखिएको विकृतिबारे पनि टिप्पणी गरेका छन् । उनले कोसीपछि सुदूरपश्चिममा सत्ताको विकृत खेल सुरु भएको बताएका छन् । यही अवस्थाले संघीयताको औचित्य नै घटाएको उनको भनाइ छ ।

“कोसी प्रदेशपछि सुदूरपश्चिम प्रदेशमा आज भइरहेको सत्ता स्वार्थको खेल (दुईजनाको मुख्यमन्त्रीमा दाबी र एक दलका सदस्यको दुईतिर समर्थन ! ) संविधानको मर्म र जनताको आकांक्षा विपरीत छ,” रावलले लेखेका छन्, “यस्तै कृत्य संघीयताको मानक हो भने संघीयताको कुनै अ‍ौचित्य छैन ।”

उनले दलीय व्यस्था खस्किएको भन्दै सुदूरपश्चिमा चलेको सत्ताको खेललाई ‘लाज नै लजाउनुपर्ने स्थिति’ भनेर टिप्पणी गरेका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १७:५९
प्रतिक्रिया दिनुहोस्