site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारतको काश्मिरमा डुंगा पल्टिँदा १५ जना बेपत्ता

श्रीनगर (भारत) । भारत प्रशासित काश्मिरमा मंगलबार एउटा नदीमा डुंगा पल्टिएपछि बेपत्ता भएका १५ जनाको खोजीमा उद्धारकर्मीहरू खटिइरहेको अधिकारीहरूले बताएका छन् । श्रीनगर सहरस्थित झेलम नदीमा डुंगा पल्टिँदा बेपत्ता हुनेहरूमा विद्यालय गइरहेका केही बालबालिका पनि रहेका थिए । 

काश्मिरका एक वरिष्ठ अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा भने, “दुर्घटनापछि बालबालिकासहित करिब १५ जना बेपत्ता भएका छन् ।” हिमालयको काश्मिर उपत्यकामा केही दिनको वर्षापछि नदीको पानी बढेको थियो । प्रत्यक्षदर्शीहरूका अनुसार डुंगा पार गर्न प्रयोग गरिने डोरी पानीको तीव्र बहावका कारण चुँडिएको थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

श्रीनगरका जिल्ला मजिस्ट्रेट बिलाल मोही–उद–दिन भटले भने, “हाम्रो उद्धार टोली त्यहाँ छ, हामी घटनाको विवरण पत्ता लगाइरहेका छौँ ।” धेरै कार्यालयका कर्मचारी तथा विद्यालयका विद्यार्थीहरू सडक यातायातबाट बच्न बिहान डुंगाबाट नदी पार गर्छन् ।

काश्मिरमा पहाडी क्षेत्रका सडकमा दुर्घटनाहरू सामान्य भए पनि यात्रुवाहक डुंगा दुर्घटना विरलै हुने गर्छन् । रासस/एएफपी

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १२:०३
प्रतिक्रिया दिनुहोस्