site stats
बाह्रखरी :: Baahrakhari
देश
१५२ बोरा प्याजसहितको ट्रक नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बलले १५२ बोरा प्याजसहितको एक ट्रकलाई नियन्त्रणमा लिएको छ । धनुषाको सहिदनगर नगरपालिका–२ तीनकोरियाबाट ना८ख ६३०० नम्बरको ट्रक नियन्त्रणमा लिइएको हो ।

शंकास्पद कागजपत्रको आधारमा नियन्त्रणमा लिइएको प्याजको तीन लाख २७ हजार र ट्रकको २२ लाख मूल्यांकन गरी आवश्यक कारबाहीका लागि जनकपुर भन्सार कार्यालयमा पठाइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसैगरी सोही गण मातहत बीओपी फूलगामाले बुधबार दिउँसो जिल्लाको मुसहरनिया गाउँपालिका–६ स्थित मरघटियाबाट भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ३२ थान मोबाइल बरामद गरेको छ ।

मोटरसाइकलमा ल्याउँदै गरेको मोबाइलको मूल्य पाँच लाख ३५ हजार र मोटरसाइकलको एक लाख मूल्य कायम गरी आवश्यक कारबाहीका लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  २३:१३
प्रतिक्रिया दिनुहोस्