site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सहकारी प्रकरणबारे रवि भन्छन्– कानुन बनाएर जनतालाई पैसा फिर्ता गर्छौँ

इलाम । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कानुन बनाएर भए पनि सहकारीमा जम्मा गरेको जनताको रकम फिर्ता गर्ने बताएका छन् ।

इलामको चुलाचुलीमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै रास्वपा सभापति समेत रहेका उनले सहकारीमा बचत गरेका जनताको पैसा नीति ल्याएर, कानुन बनाएर वा संशोधन गरेर भए पनि फिर्ता हुने वातावरण सरकारले बनाउने बताएका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सहकारीको रकम अपचलनको गरेको आरोप लागेका गृहमन्त्री लामिछानेले भने, ‘‘सरकारले गृहकार्य गरिरहेको छ । प्रधानमन्त्रीसँग नियमित छलफलमा छु । अध्यादेशबाट कानुन ल्याएर भए पनि जनताको बचत फिर्ता गरिन्छ । सञ्चालकको जायजेथा बिक्री गर्न कानुन अभाव भनिएको छ, यदि हो भने कानुन बनाएर भए पनि तिनको सम्पत्तिबाट बचत फिर्ता गर्ने क्रमको सुरुआत हुन्छ ।”  

रास्वपाका सभापति लामिछानेले पुराना दलहरूले आफूहरूलाई घेराबन्दी गर्न थालेको र यसलाई तोडेर छोड्ने बताए । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १५:३२
प्रतिक्रिया दिनुहोस्