site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
टाटा मोटर्सको ‘म्याक्सचेन्ज मेला’

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘म्याक्सचेन्ज मेला’ कार्यक्रम आयोजना गर्ने भएको छ ।

मेलामा जुनसुकै ब्रान्डका पुराना गाडीहरूसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा नेक्सन म्याक्स साट्न सकिनेछ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ग्राहक वर्गको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीप्रतिको रुचिलाई मध्यनजर गर्दै मेलाको आयोजना गरिएको हो । मेला यही वैशाख १४ गतेदेखि १६ गतेसम्म टाटा मोटर्सको सोरुम थापाथलीमा आयोजना गर्न लागिएको हो ।

म्याक्सचेन्ज मेलामा टाटा नेक्सन ईभी म्याक्सका लागि निःशुल्क फास्ट चार्जर, एक वर्षको अटोप्लस इन्स्योरेन्स, एक वर्षको सवारी कर, एक्सेसरिज तथा एक्सचेन्ज बोनसका साथै बम्पर उपहारमा आइफोन १५ लगायतका आकर्षक उपहारहरू रहेका छन् ।  

यस म्याक्सचेन्च मेलाको अवसरमा ग्राहकले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नुहुनेछ साथै यस कार्यक्रममा सहभागी भई नयाँ टाटा नेक्सन ईभी म्याक्स खरिद गरेर भरपुर फाइदा उठाउन सक्नेछन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  २१:२८
प्रतिक्रिया दिनुहोस्