site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
महिला लगानीकर्तालाई प्रोत्साहन गरौँ : मन्त्री चौधरी 

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिला लगानीकर्तालाई प्रोत्साहन गर्नुपर्ने बताएकी छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले बुधबार आयोजना गरेको हिमालयन हाइड्रो एक्स्पोअन्तर्गत ऊर्जा क्षेत्रमा वातावरण, सामाजिक र सुशासन तथा लैँगिक समताको एकीकरण विषयमा छलफल कार्यक्रममा मन्त्री चौधरीले नेपालमा लामो समयदेखि महिला सशक्तीकरणका निम्ति काम हुँदै आएको बताइन् । जस कारण विस्तारै महिलाको सहभागिता सबै क्षेत्रमा वृद्धि हुँदै गएको उनको भनाइ छ । 

हाइड्रोपावर प्रोजेक्ट लामो समयको योजना र बजेट धेरै लाग्ने योजना भएकाले त्यसको सुरुआत गर्न पनि समय लाग्ने गरेको बताउँदै उनले सात मन्त्रालयसँग सम्बन्धित रहेको प्रक्रियागत हिसाबले पनि झन्झटिलो हुँदा लगानीकर्तालाई समस्या हुने गरेको पाइएको बताइन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मन्त्री चौधरीले हाइड्रोपावर प्रोजेक्ट एउटा योजना मात्रै नभएर वन, वातावरण, जैविक विविधता, स्थानीय नागरिकको जनजीवनमा पनि प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले संवेदनशील क्षेत्र पनि भएको बताइन् । ऊर्जा बेचेर नेपाल समृद्ध हुन सक्ने सम्भावना रहेको उनको भनाइ छ । 

ऊर्जा क्षेत्रमा महिला लगानीकर्ता तथा नेतृत्वकर्ता बढाउनका लागि सबैले भूमिका खेल्न आवश्यक रहेको भन्दै मन्त्री चौधरीले ऊर्जा क्षेत्रमा रहेको १६ प्रतिशत महिला सहभागिता वृद्धि गर्न आवश्यक रहेको बताइन् ।  
 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १६:०८
प्रतिक्रिया दिनुहोस्