site stats
बाह्रखरी :: Baahrakhari
देश
गृहमन्त्रीको निर्देशन– प्राकृतिक प्रकोपका घटनामा केन्द्रको निर्देशक कुरेर नबस्नू

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्राकृतिक प्रकोपका घटनामा केन्द्रको निर्देशक कुरेर नबस्न निर्देशन दिएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गृहमन्त्री लामिछानेले प्राकृतिक प्रकोपका घटनामा निर्देशन कुरेर बस्दा उद्धारका काममा ढिलाइ हुने र क्षति पनि धेरै हुन सक्ने भएकाले केन्द्रको निर्देशन कुरेर बस्न नहुने बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

घटना भइसकेपछि तत्काल राहत वितरणको विषयमा यसअघि नै आफूले आवश्यक निर्देशन दिइसकेको भन्दै उनले कुनै पनि प्रशासनले तत्काल दिने राहतमा ढिलाइ नगर्न समेत आग्रह गरे ।

आपत्‌का बेला सरकार दुई–चार सय नागरिकलाई खुवाउनै नसक्ने अवस्थामा सरकार नरहेको र प्रयाप्त स्रोत परिचालन गरेको उनले बताए ।

उनले प्राकृतिक प्रकोपको जोखिम न्यूनीकरणका लागि यसअघि भएका गल्तीलाई नदोहोर्‍याउने गरी आवश्यक तयारी गर्न जरुरी रहेको बताए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १६:२२
प्रतिक्रिया दिनुहोस्